Premier Cables
Premier Steel

समाचार

थाइल्याण्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी नेपाल ल्याइयो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १७, २०८३  | बिहान १०:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दाकी आरोपित टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

ललितपुर प्रहरीका एसपी गौतम मिश्रका अनुसार अधिकारी हाल प्रहरी हिरासतमा रहेकी छन्। उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।

बिज्ञापन

प्रहरी अनुसन्धानका क्रममा उनी विदेश फरार भएको खुलेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो। त्यसपछि उनलाई थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको हो।

अधिकारीविरुद्ध गत साउनमा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी उजुरी परेको थियो। अनुसन्धानका क्रममा उनको बैंक खातामा ठूलो परिमाणमा आर्थिक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान विस्तार गरिएको थियो।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध जाहेरी दिएका थिए। उजुरी परेपछि उनी फरार रहेकी थिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka