Premier Cables

अर्थ

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ १६, २०८३  | अपराह्न १:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा कोशी प्रदेशका सडक, ऊर्जा, पर्यटन, शहरी पूर्वाधार तथा खेलकुद क्षेत्रका विभिन्न योजनालाई प्राथमिकतामा राखेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै प्रदेशका केही महत्वपूर्ण परियोजनालाई समेटेका हुन्।

विज्ञापन

यद्यपि विराटनगर विमानस्थलको स्तरोन्नति, औद्योगिक पार्क निर्माण तथा विराटनगर रिङरोडजस्ता निजी क्षेत्रले उठाउँदै आएका मागहरू बजेटमा समावेश हुन सकेनन्। तर पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग र कोशी करिडोरका योजनालाई प्राथमिकता दिइएको छ।

सरकारले राष्ट्रिय गौरवको पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ। यसअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको निर्माण कार्यलाई पनि तीव्रता दिइने उल्लेख गरिएको छ।

उत्तर–दक्षिण सडक सञ्जाल सुदृढ बनाउन कोशी करिडोरको उत्तरी खण्डमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने तथा तमोर सडक विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ।

ऊर्जा क्षेत्रतर्फ संखुवासभामा निर्माणाधीन तथा प्रस्तावित जलविद्युत आयोजनाहरूलाई विशेष महत्व दिइएको छ। १,०६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा गरी ठेक्का प्रक्रिया अघि बढाइनेछ। त्यस्तै ९०० मेगावाटको अरुण तेस्रो र ६६९ मेगावाटको तल्लो अरुण आयोजनालाई समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहजीकरण गर्ने जनाएको छ।

आवास क्षेत्रअन्तर्गत झापाको मेचीनगरमा राष्ट्रिय आवास कम्पनीमार्फत १०० वटा घर निर्माण गरी बिक्री गर्ने योजना बजेटमा समेटिएको छ। घर निर्माण गरेर नागरिकलाई बिक्री गर्ने सरकारी अवधारणा पहिलो पटक अघि सारिएको हो।

शहरी पूर्वाधार सुधारका लागि दमक, धरान र इटहरीमा खानेपानी, ढल निकास तथा प्रशोधन आयोजना सञ्चालन गरिनेछ। साथै संखुवासभाको खाँदबारीमा ढल प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने योजना पनि बजेटमा समावेश गरिएको छ।

कृषि क्षेत्रतर्फ सुनसरी–मोरङ सिँचाइ आयोजनाको मर्मत तथा व्यवस्थापन गरी सिँचाइ सुविधालाई थप प्रभावकारी बनाइने उल्लेख छ।

खेलकुद पूर्वाधार विस्तारका लागि विराटनगरमा दुई हजार दर्शक अट्ने बहुउद्देश्यीय रंगशाला निर्माण गरिनेछ। साथै गिरिजाप्रसाद कोइराला स्टेडियमको लगानी मोडेल तयार गरी निर्माण प्रक्रिया अघि बढाइने योजना पनि बजेटमा समेटिएको छ।

पर्यटन क्षेत्रको विकासका लागि हलेसी–चतरा–पाथिभरा प्रादेशिक पर्यटकीय करिडोर निर्माण गर्ने तथा गुराँसको राजधानी मानिने तीनजुरेदेखि पाथिभरासम्म ट्रेकिङ रुट निर्माण गर्ने योजना अघि सारिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka