Premier Cables
Premier Steel

राष्ट्रिय

साताको दुई दिने बिदा पुर्नविचार गर्न रास्वपा सांसदको माग

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १२, २०८३  | अपराह्न ३:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णयमा तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् । मंगलबार (जेठ १२) प्रतिनिधिसभा बैठकमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनै पनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् ।

शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सरकारको उक्त निर्णय व्यावहारिक र सेवाग्राही मैत्री नभएको सांसद बुढाथोकीको तर्क थियो । “शिक्षा र स्वास्थ्य क्षेत्रमा लागु गरिएको हप्तामा दुई दिनको बिदा व्यावहारिक नभएको व्यापक गुनासो प्राप्त भयो । यसले विद्यार्थी बरालिने र पाठयक्रम पूरा गर्न समस्या सिर्जना गरेको छ,” उनले भने, “साथै दुई दिनको बिदाको कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ ।”

बिज्ञापन

उनले सार्वजनिक विद्यालयको समायोजनमा तीव्रता दिन पनि सरकारलाई सचेत गराए । “गाउँमा विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै न्यून भएर विद्यार्थीहरूको लागत बढिरहेको छ । विद्यालयहरू समायोजन गरी आवासीय विद्यालयहरू बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जाओस्,” उनले भने ।

सांसद बुढोथोकीले सार्वजनिक विद्यालयमा गुणस्तरीय सेवा प्रदान गर्न पनि सरकारले उचित पहल गर्नुपर्ने बताए

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka