विराटनगर । कानुन न्याय तथा संसदीय मामिला मन्त्री नागरिकका दिनदैन्य समस्या उठान गर्दै आफू तिनै भुइँमान्छेहरुको प्रतिनिधि भएको बताएकी छिन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुखमा डोलप्रसाद अर्याललाई समर्थन गरेकी गौतमलाई सभाध्यक्ष अर्जुननरसिंह केसीले समय दिएका थिए । गौतमले चितवनमात्र नभएर देशभर नै लालपूर्जा, जंगली जनावरबाट हुने सास्ती लगायत विषय उठान गरेकी थिइन । यस पटकको निर्वाचनले देशको मनोविज्ञान नै परिवर्तन गरेको बताइन ।
उनले भनिन,‘‘नयाँ अनुहारहरु सदनमा आएका छन् । नेपाल अब तदर्थवादमा रहिरहन चाहँदैन भन्ने सन्देश चुनावले दिएको छ ।’’
गौतमले सांसदहरुको अनुहारमात्र नभएर सदनमा कठिन भूगोलको कथाहरु आफूले देखिरहेको र उज्यालो भविष्यको आशा समेत देखेका बताइन । नेपाल र नेपालीको जति दुःख छ त्यति नै सम्भावना पनि रहेको सुनाइन । पदभन्दा पनि सांसदहरु प्रतिज्ञा लिएर आएको सुनाइन ।
भनिन,‘‘नयाँ उर्जासहित आएका सांसद र दीर्घ अनुभव भएका सांसदसमेतको उपस्थितिले सबल लोकतन्त्र बहसले ल्याउने परिणामले निक्र्यौल गर्नेछ ।’’ नयाँ सभामुखले सहजीकरण गरेर सदन अघि बढाउनु पर्ने गौतमले बताइन ।
