Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ ०६, २०८३  | बिहान ११:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदैछ । बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न दलका नेताहरूले दलीय धारणा राख्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन

यस्तै, सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले ‘प्रदेश खेलकुद अध्यादेश (पहिलो संशोधन) २०८३’ प्रदेश सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव सुदर्शन खड्काले जानकारी दिएका छन् ।

हाल प्रदेश सभाको बैठक विराटनगरस्थित विरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन हुँदै आएको छ । कटहरीमा निर्माणाधीन प्रदेश सभा भवनको सभा हल तयार नभइसकेकाले अस्थायी रूपमा त्यहीँबाट बैठक सञ्चालन गरिएको जनाइएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka