Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

डोनाल्ड ट्रम्पको चीन भ्रमणः सफलता र समृद्धिको सहकार्यमा जोड

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | बिहान १०:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच आज चीनमा द्विपक्षीय वार्ता भइरहेको छ । वार्ताअघि दुवै नेताले दिएको प्रारम्भिक सम्बोधनमा आपसी सम्बन्धलाई थप सुदृढ बनाउने संकेत दिएका छन् ।

चीन पुगेका राष्ट्रपति ट्रम्पले शी जिनपिङसँगको भेटलाई ‘सम्मानको विषय’ भएको बताएका छन् । उनले अमेरिका र चीनबीचको सम्बन्ध विगतमा पनि सकारात्मक रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा दुवै देशले सहकार्य गर्दै समस्या समाधान गरेको दाबी गरे ।

बिज्ञापन

“हाम्रो सम्बन्ध राम्रो रहँदै आएको छ । समस्या पर्दा हामीले मिलेर समाधान गरेका छौं,” ट्रम्पले भने, “म सबैलाई भन्छु, तपाईं महान नेता हुनुहुन्छ ।”

ट्रम्पले आफ्नो भ्रमणमा विश्वका “उत्कृष्ट व्यवसायिक नेतृत्वकर्ता” हरूलाई पनि साथमा ल्याएको बताए । उनले चीनसँगको सम्बन्ध अब “पहिलेभन्दा अझ राम्रो” बन्ने विश्वास व्यक्त गरे ।

उनले शी जिनपिङसँगको मित्रतालाई पनि सम्मानको विषय भएको उल्लेख गरेका छन् ।

यता, राष्ट्रपति शी जिनपिङले अमेरिका र चीन प्रतिस्पर्धीभन्दा साझेदार बन्नुपर्ने बताएका छन् ।

“हामीले एकअर्काको सफलता र समृद्धिमा सहकार्य गर्नुपर्छ,” उनले भने, “नयाँ युगमा ठूला राष्ट्रहरूबीच सम्बन्धको सही बाटो खोज्न आवश्यक छ ।”

शीले ट्रम्पसँग मिलेर काम गर्न आफू उत्साहित रहेको उल्लेख गर्दै सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धको नयाँ अध्याय सुरु हुने ऐतिहासिक वर्ष बनाउने अपेक्षा व्यक्त गरे ।

उनले अमेरिकाको स्वतन्त्रताको २५०औँ वर्षगाँठका अवसरमा ट्रम्प र अमेरिकी जनतालाई बधाईसमेत दिएका छन् ।

शी जिनपिङले विश्व अहिले पछिल्लो सय वर्षयताकै तीव्र परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर बन्दै गएको बताए ।

उनले चीन र अमेरिकाले सहकार्यमार्फत विश्वलाई थप स्थायित्व दिन सक्ने भन्दै दुवै देशका नेतामाथि इतिहासले महत्वपूर्ण जिम्मेवारी दिएको धारणा राखेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka