Premier Cables
Premier Steel

अर्थ

वास्तविक सुकुम्बासीलाई घरबासको व्यवस्था गरिने

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २८, २०८३  | साँझ ५:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आवासविहीन, सीमान्तकृत, विपन्न तथा विपद् प्रभावित समुदायका लागि किफायती र सुविधासम्पन्न आवास योजना लागू गर्ने घोषणा गरेको छ।

सोमबार प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीनको पहिचान गरी उनीहरूलाई स्थायी आवास स्वामित्व सुनिश्चित गरिने जानकारी दिए।

बिज्ञापन

त्यसैगरी, मध्यपहाडी राजमार्ग आसपास विकसित हुँदै गरेका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गरिने र ती सहरलाई जग्गा विकास, पूर्वाधार निर्माण तथा स्थानीय आर्थिक सम्भावनासँग जोडिने नीति सरकारले अघि सारेको छ।

राष्ट्रपति पौडेलका अनुसार राष्ट्रिय भवनसंहिताको अनिवार्य कार्यान्वयन गरिनेछ भने सबै नयाँ भवन निर्माणमा भूकम्प प्रतिरोधी संरचना, अग्निसुरक्षा तथा आधुनिक पूर्वाधार मापदण्ड लागू गरिनेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka