Premier Cables
Premier Steel

अर्थ

दश वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २८, २०८३  | साँझ ५:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त लक्ष्य प्राप्तिका लागि ऊर्जा क्षेत्रमा विशेष सुधार र सहजीकरणका योजना समेटिएका छन् ।

संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा बन्ड जारी गर्ने, वातावरणसम्बन्धी कानुन परिमार्जन गर्ने तथा एकद्वार प्रणाली लागू गरी जलविद्युत् आयोजना कार्यान्वयनलाई तीव्र बनाइने बताए ।

बिज्ञापन

उनका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई नगद मुआब्जाको विकल्पस्वरूप सेयर लगानीको अवसर प्रदान गरिनेछ । साथै विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारमा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्ने नीति सरकारले लिएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka