Premier Cables
Premier Steel

शेयर बजार

सामान्य अंकले घट्यो शेयर बजार

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | अपराह्न ३:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से १.६४ अंक अर्थात् ०.१७ प्रतिशतले घटेर २,७११.२२ विन्दुमा पुगेको हो।

आजको कारोबारमा ३३६ कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर ४७ हजार ८४१ पटक शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

बिज्ञापन

बजारमा १०४ कम्पनीको शेयर मूल्य बढ्दा १४९ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा बढी नाफा कमाउने कम्पनीहरूमा फरवार्ड माइक्रोफाइनान्स, अपर लोहर खोला हाइड्रोपावर, एनआइसी एसिया ग्रोथ फण्ड–२, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ रहेका छन्।

त्यसैगरी, सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा भगवती हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, एनआइसी एसिया ब्यालेन्स्ड फन्ड, मोदी इनर्जी लिमिटेड र शिखर पावर डेभलपमेन्ट परेका छन्।

क्षेत्रगत सूचकतर्फ बैंकिङ, फाइनान्स, होटल, इन्भेष्टमेन्ट, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहमा वृद्धि देखिएको छ भने अन्य अधिकांश समूहमा गिरावट आएको नेप्सेले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka