Premier Cables
Premier Steel

खेलकुद

रोहित–रिकेल्टनको अर्धशतकमा मुम्बईको शानदार जित

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २२, २०८३  | बिहान १०:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दुई ओपनरको उत्कृष्ट अर्धशतकीय प्रदर्शनमा मुम्बई इन्डियन्स ले लखनऊ सुपर जायन्ट्स विरुद्ध इन्डियन प्रिमियर लिग २०२६ मा ६ विकेटको शानदार जित निकालेको छ।

भारतको इडेन गार्डेन क्रिकेट रंगशाला मा सोमबार भएको खेलमा लखनऊले दिएको २२९ रनको विशाल लक्ष्य मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

बिज्ञापन

मुम्बईको जितमा ओपनर रोहित शर्मा ले ४४ बलमा ८४ रन बनाउँदै टोलीलाई मजबुत सुरुआत दिलाए। उनले ६ चौका र ७ छक्का प्रहार गरे। अर्का ओपनर रायन रिकेल्टन ले ३२ बलमा ८३ रनको विस्फोटक पारी खेल्दै दोस्रो अर्धशतक जोडे, जसमा ६ चौका र ८ छक्का समावेश थिए।

यी दुईले पहिलो विकेटका लागि १०.५ ओभरमा १४३ रनको साझेदारी गर्दै जितको आधार तयार पारे। त्यसपछि नमन धीर २३ रनमा अविजित रहे भने कप्तान सूर्यकुमार यादव ले ११ र विल ज्याक्सले अविजित १० रन जोडे।

लखनऊका मणिमरण सिद्धार्थले २ विकेट लिए भने मोहम्मद शामी र मोहसिन खानले समान १–१ विकेट हात पारे।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो। लखनऊका निकोलास पुरन ले २१ बलमा ६३ रनको आक्रामक अर्धशतक बनाए, जसमा ८ छक्का प्रहार गरे। मिचेल मार्सले ४४, हिमन्त सिंहले अविजित ४०, एडन मार्क्रम ले ३१ तथा कप्तान ऋषभ पन्त ले १५ रन जोडे।

मुम्बईका कोर्बिन बोस्कले २ विकेट लिए भने एम गजान्फर, विल ज्याक्स र रघु शर्माले समान १–१ विकेट लिए।

यस जितसँगै मुम्बईले प्रतियोगितामा ६ अंक पुर्‍याएको छ। १० खेलमध्ये ३ जित र ७ हारसहित मुम्बई तालिकाको नवौँ स्थानमा रहेको छ भने पराजित लखनऊ ४ अंकसहित पुछारमा छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka