Premier Cables
Premier Steel

कोशी प्रदेश

जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका बेलबारीका फरार प्रतिवादी पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १७, २०८३  | बिहान ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी मोरङ प्रहरीले पक्राउ गरेको छ।

मोरङ जिल्ला अदालत विराटनगरको २०७९ चैत २० गतेको फैसलाअनुसार दोषी ठहर भएका बेलबारी नगरपालिका–५ बस्ने ३३ वर्षीय मुथुन चमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बिज्ञापन

अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको टोलीले उनलाई बिहीबार राति करिब ८ बजे आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चमारलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङमा पठाउने प्रक्रिया अघि बढाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka