Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ट्रम्पमाथि हत्या प्रयासमा क्यालिफोर्नियाका युवकमाथि ज्यान मुद्दा

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख १५, २०८३  | बिहान १०:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी अधिकारीहरूले शनिबार राति आयोजित रात्रिभोजका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गरी गोली चलाएको आरोपमा क्यालिफोर्नियाका ३१ वर्षीय कोल एलनमाथि ‘राष्ट्रपतिको हत्या प्रयास’को औपचारिक अभियोग दायर गरेका छन् ।

घटना शनिबार साँझ वासिङटनस्थित हिल्टन होटेलमा भएको थियो । त्यहाँ राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति जेडी भान्ससहित सरकारका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बिज्ञापन

सुरक्षा जाँच छल्दै एलन लामो बन्दुकसहित होटेलभित्र प्रवेश गर्न सफल भएका थिए । मेटल डिटेक्टरबाट भागेर भित्र छिरेलगत्तै उनले अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

गोली लागेर अमेरिकी सिक्रेट सर्भिसका एक अधिकारी घाइते भएका थिए । उनले बुलेटप्रूफ ज्याकेट लगाएकाले ज्यान जोगिएको जनाइएको छ । त्यसपछि सुरक्षाकर्मीहरूले तत्काल प्रतिकार गर्दै एलनलाई नियन्त्रणमा लिएका थिए ।

एफबीआईको प्रारम्भिक अनुसन्धानअनुसार एलन योजनाबद्ध रूपमा वासिङटन पुगेका थिए । उनी अप्रिल २१ देखि २४ बीच लस एन्जलसबाट सिकागो हुँदै रेलमार्फत वासिङटन आएका थिए । आक्रमणकै दिन उनले सोही हिल्टन होटेलमा कोठा बुक गरेका थिए ।

उनको साथबाट एक सटगन, एक पेस्तोल र तीनवटा चक्कु बरामद गरिएको छ । प्रहरीका अनुसार, उनको निशाना राष्ट्रपति मात्र नभई प्रशासनका अन्य शीर्ष अधिकारीहरू समेत थिए ।

कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लांशेले समाजमा बढ्दो हिंसात्मक अभिव्यक्ति र मिडियाको एक हिस्साले सिर्जना गरेको वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् ।

हाल एलन जेलमा रहेका छन् । उनीमाथि राष्ट्रपतिको हत्या प्रयास, सुरक्षा अधिकारीमाथि आक्रमण तथा अवैध हतियार ओसारपसारसहित विभिन्न मुद्दा दायर गरिएको छ । अनुसन्धानसँगै थप अभियोग लाग्न सक्ने जनाइएको छ । उनको अर्को अदालती सुनुवाइ बिहीबारका लागि तय गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka