Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशमा मध्यम र भारी वर्षाको सम्भावना

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १४, २०८३  | बिहान ११:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशका विभिन्न स्थानमा यो साताभरि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। विशेषगरी मंगलबार र बुधबार (वैशाख १५–१६) देशका केही भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारयता काठमाडौंसहित देशका धेरै स्थानमा हल्कादेखि भारीसम्म वर्षा मापन गरिएको छ। सोमबार जारी मौसम बुलेटिनअनुसार मंगलबार र बुधबार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बिज्ञापन

विभागले कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ।

मंगलबार दिउँसोदेखि रातिसम्म कोसी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ भने मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा पनि पानी पर्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा हुन सक्ने बताइएको छ।

बुधबार पनि कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। बुधबार राति भने कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। पूर्वी नेपालनजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव परेको विभागले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलले पनि यो साता वर्षा जारी रहने र मंगलबार तथा बुधबार केही स्थानमा भारी वर्षा हुन सक्ने बताएका छन्।

सोमबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ भने धरान, धनकुटा, ओखलढुंगा, जिरी, काठमाडौं, पोखरा र जोमसोममा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka