Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा फुटपाथमा राखिएका सामान हटाउन शुरु

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ११, २०८३  | अपराह्न १:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रका सडकपेटी क्लियर गर्न शुरू गरेको छ । बटुवालाई हिंडडुल गर्न सहज बनाउन कडाइका आजबाट फुटपाथबाट सरसामान हटाउन शुरु गरिएको हो ।

सहरलाई व्यवस्थित, सफा र ट्राफिकमैत्री बनाउने उद्देश्यसहित महानगरले यसबारे सर्वसाधारणलाई जानकारी गराएको थियो । नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार बिहान ८ बजेदेखि तीनपैनी क्षेत्रबाट अभियानको थालनी गरिएको बताए ।

बिज्ञापन

महानगरले मुख्य बजार क्षेत्र तथा वरपर सटर बाहिर सामान राख्ने, फुटपाथ अतिक्रमण गर्ने, निर्माण सामग्री थुपार्ने, ग्यारेजका उपकरण सडकमा राख्ने तथा मापदण्डविपरीत सञ्चालित कवाडी व्यवसाय पूर्ण रूपमा निषेध गरेको जनाएको छ। दुई दिनअघि नै माइकिङमार्फत सूचना दिइएकाले अब नियम उल्लंघन गर्नेहरूमाथि तत्काल कारबाही गरिने चेतावनी दिइएको छ।

यस अभियानअन्तर्गत सिंघिया र केशलिया खोलामा भइरहेको अवैध उत्खनन् नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ। वातावरणीय सन्तुलन बिगार्ने र बाढीको जोखिम बढाउने यस्ता गतिविधि रोक्न जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त निगरानी परिचालन गरिएको छ।

तर, आफ्नो जमिनले चर्चेको क्षेत्रभित्रका सरसामान राख्न पाउने अधिकार भने सुनिश्चित गर्न व्यापारी व्यवसायीले माग गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa