Premier Cables
Premier Steel

राजनीति

रविको मुद्दामा सुनुवाइ स्थगित

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १०, २०८३  | अपराह्न २:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा संशोधनको निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ बिहीबारका लागि तोकिए पनि स्थगित भएको छ।

महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ सार्न माग गर्दै निवेदन दिएपछि तय गरिएको मिति सारिएको हो। उक्त मुद्दा न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा पेश हुने तय भएको थियो।

बिज्ञापन

यसअघि मुद्दा संशोधनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए। संयुक्त इजलासका दुई न्यायाधीशहरूले यसमा गम्भीर कानुनी प्रश्न उठाएको उल्लेख गर्दै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाउन आदेश दिएका थिए।

सर्वोच्च अदालतले त्यसपछि पहिलोपटक बिहीबारका लागि सुनुवाइको मिति तोकेको थियो, तर महान्यायाधिवक्ताको निवेदनपछि सुनुवाइ स्थगित गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka