Premier Cables

अपराध

लागूऔषध ब्राउन सुगरसहित ८ जना पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १०, २०८३  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरेको छ।

बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका–११ मा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी तथा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको टोलीले चेकजाँचका क्रममा स्थानीय २५ वर्षीय संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

विज्ञापन

त्यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले इनरुवा–२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। कोशी गाउँपालिका–१ बाट बराहक्षेत्र नगरपालिका–६ का हरी बहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङको विराटनगर–१६ मा इलाका प्रहरी कार्यालय रानी, रानी सीमा र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले सुन्दरहरैचा–५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

यसैगरी उदयपुरको बेलका–१ बाट स १० प ७८०१ नम्बरको मोटरसाइकलमा सवार चौदण्डीगढी नगरपालिका–७ का आर्जु राई र पछाडि सवार श्याम कुमार कार्कीलाई १५५ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka