Premier Cables

राजनीति

क्रियाशील सदस्यता डिजिटल अद्यावधिक अभियानमा नअलमलिन आग्रह

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख ०६, २०८३  | साँझ ७:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई प्रभावकारी रूपमा सम्पन्न गर्न बाग्मती प्रदेशका नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सदस्यतालाई सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउन डिजिटल प्रणाली अपनाउन लागिएको जानकारी दिए। एकपटक डिजिटल रेकर्ड तयार भएपछि सदस्यता नवीकरण प्रक्रिया सरल हुने भन्दै उनले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गरे।

विज्ञापन

पौडेलले पुरानो सदस्यता खारेज नभई अद्यावधिक मात्र गर्न लागिएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न आग्रह गरे। “पुरानो क्रियाशील सदस्यता खारेज गरिएको होइन, अद्यावधिक मात्र हुँदैछ,” उनले भने।

उनका अनुसार पार्टीका गतिविधि, सर्कुलर, तथा सदस्यहरूको राय संकलन अब डिजिटल माध्यमबाट गरिनेछ। साथै, सदस्यहरूको क्षमता र योग्यताको डिजिटल रोस्टर तयार पार्न पनि यो प्रक्रिया आवश्यक रहेको उनले बताए।

सदस्यतालाई स्थानीय तहसम्म जोड्न वडास्तरमै प्रक्रिया सञ्चालन गरिने जानकारी दिँदै उनले सदस्यहरूलाई आफ्नै टोलमा सक्रिय बनाउन यस्तो व्यवस्था गरिएको बताए। यसले पारदर्शिता बढाउने विश्वास पनि व्यक्त गरे।

विशेष कारणवश वडा पुग्न नसक्नेहरूको हकमा भने थप छलफलपछि निर्णय गरिने उनले बताए।

कांग्रेसले जिल्ला सभापतिमार्फत सबै वडामा सदस्यता फारम पठाउनेछ। वडा सभापतिको सिफारिस र प्रमाणिकरणपछि मात्रै सदस्यता वैध हुने व्यवस्था गरिएको छ।

सदस्यता नवीकरण नगरेका व्यक्तिले नयाँ फारम भर्न सक्ने भए पनि अद्यावधिक प्रक्रिया पूरा नगरेमा आगामी महाधिवेशनसम्बन्धी गतिविधिमा सहभागी हुन नपाइने स्पष्ट गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka