Premier Cables
Premier Steel

समाचार

चुनावको हारले भविष्य समाप्त हुँदैन: अध्यक्ष लिङ्देन

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख ०६, २०८३  | अपराह्न १२:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावमा हार्दैमा कुनै पनि राजनीतिक दलको भविष्य समाप्त नहुने बताएका छन्।

राप्रपा सकिन्छ वा सिध्याइन्छ भन्ने कल्पना नगर्न उनले चेतावनी दिएका छन्।

बिज्ञापन

आइतबार सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। हामीमध्ये धेरैको रगत, पसिना र युवा शक्ति लगाएर बनेको यो पार्टीले केवल चुनाव हारेको हो, भविष्य भने सकिएको होइन।”

लिङ्देनले राप्रपा आफ्ना मूल मुद्दाबाट पछि नहट्ने स्पष्ट पारे। उनका अनुसार पार्टी राजसंस्था पुनःस्थापना, हिन्दुराष्ट्रको अवधारणा र प्रदेश संरचना खारेजीको पक्षमा यथावत् छ।

उनले भने, “राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र र प्रशासनिक रूपमा जटिल तथा बोझिलो प्रदेश संरचना हटाउने आफ्नो अडानबाट पछि हट्दैन।”

साथै, उनले पार्टीका कमजोरी सुधार्दै पुनर्गठन गरेर अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka