Premier Cables
Premier Steel

खेलकुद

यूएईविरुद्ध टी-२० शृंखलाको क्याप्टेन दीपेन्द्रसिंह ऐरी

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ०४, २०८३  | अपराह्न २:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)सँग हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक स्टुवर्ट लले शुक्रबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १८ सदस्यीय टोली सार्वजनिक गरेका हुन्, जसमा तीन खेलाडी ‘रिजर्भ’मा राखिएका छन्।

बिज्ञापन

नेपालले यूएईसँग सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा दुई टी–२० आई खेल खेल्ने तालिका रहेको छ। दुवै खेल फ्लडलाइटमा आयोजना गरिनेछ।

टोलीमा कुशल मल्ल र अर्जुन साउदको पुनरागमन भएको छ। टी–२० विश्वकप एसिया छनोटपछि कुशल टोलीबाहिर थिए भने अर्जुन सन् २०२२ यता राष्ट्रिय टिममा परेका थिएनन्। यसैगरी, सन्तोष यादव र हेमन्त धामीले पनि टोलीमा स्थान बनाएका छन्। एकदिवसीय कप्तान रोहित पौडेल भने यस शृंखलाका लागि छनोटमा परेका छैनन्।

घोषित टोली:
दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल, प्रतिस जिसी।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa