Premier Cables

राजनीति

ओली हटाएर नेतृत्व परिवर्तन गर्ने एमालेभित्र तयारी

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ०३, २०८३  | बिहान ९:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा ठूलो पराजय बेहोरेपछि पनि नेकपा एमालेले औपचारिक समीक्षा सुरु नगर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता तीव्र बन्दै गएको छ।

निर्वाचनपछि भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तीन पटक भेटिसकेकी छन्। पछिल्लो भेट आइतबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भएको थियो, जहाँ ओली उपचाररत थिए। यसअघि पनि चैत १६ मा अस्पतालमै र चैत १४ अघि, ओली पक्राउ पर्नुअघि, उनीसँग भेट भएको थियो। फागुन २७ मा पिताको निधनपछि शोकमा रहेका ओलीलाई समवेदना दिन भण्डारी गुन्डुस्थित निवास पुगेकी थिइन्।

विज्ञापन

यी भेटहरू फरक–फरक सन्दर्भमा भए पनि पछिल्लो भेट विशेष अर्थपूर्ण मानिएको छ। स्रोतका अनुसार उक्त भेटमा करिब दुई घण्टाभन्दा बढी समय निर्वाचन पराजय, राष्ट्रिय राजनीति र पार्टीको भविष्यबारे गम्भीर छलफल भएको थियो। भण्डारीले एमालेको वर्तमान संकट समाधानका लागि पार्टी पुनर्गठन आवश्यक रहेको प्रस्ताव राखेकी थिइन्।

भण्डारी निकट स्रोतका अनुसार उनले ओली नेतृत्वमा पार्टी पुनःउत्थान सम्भव नभएको धारणा राखेकी थिइन्। तर ओलीले भने नेतृत्व छोड्ने संकेत नदिएको र पराजयका लागि बाह्य कारण जिम्मेवार रहेको तर्क गरेको बताइएको छ।

ओलीसँगको भेटघाटसँगै भण्डारीले अन्य शीर्ष नेताहरूसँगको संवाद पनि तीव्र बनाएकी छन्। उनले आफैंले बोलाएर पदाधिकारीहरूसँग सामूहिक छलफल समेत गरिसकेकी छन्। चैत दोस्रो साता भएको यस्तो एक छलफलमा अधिकांश पदाधिकारी सहभागी भएका थिए।

स्रोतका अनुसार उक्त छलफलमा सहभागी धेरै नेताहरू पार्टी पुनर्गठनको पक्षमा देखिएका छन्। ओलीनिकट मानिने केही नेताहरू समेत नेतृत्व परिवर्तनको पक्षमा खुलेको दाबी गरिएको छ।

यता, आफ्नै विरुद्ध गतिविधि बढेको संकेत पाएपछि ओलीले अस्पतालबाटै उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतमार्फत पार्टी गतिविधि सञ्चालन गरिरहेका छन्। तर ती प्रयास प्रभावकारी हुन नसकेको देखिन्छ।

भण्डारीले पार्टीभित्र मात्र होइन, बाहिर पनि संवाद विस्तार गरेकी छन्। उनले केही सम्पादकहरूसँग भेटेर वर्तमान राजनीतिक अवस्था र एमालेको भविष्यबारे छलफल गरेकी थिइन्।

एमालेभित्रका केही नेताहरूले भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने अभियानसमेत अघि बढाइरहेका छन्। गत मंसिरमा सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशनदेखि नै उनी अध्यक्ष बन्ने योजनामा रहेको चर्चा थियो। यसअघि उनले पार्टी सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किने संकेत दिएकी थिइन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka