Premier Cables

राष्ट्रिय

प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ सम्मेलनमा सहभागिता जनाउने

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १४, २०८२  | बिहान ११:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान चीन प्रस्थान गरेका छन्।

उनले सांघाई सहयोग संगठन (एससीओ) को २५ औँ शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ प्रस्थान गरेका हुन् ।‌

विज्ञापन

एससीओ बैठक आगामी भदौ १५ र १६ गते चीनको तियानजिन सहरमा आयोजना हुँदैछ।

नेपाल ‘डायलग पार्टनर’ का रूपमा यस सम्मेलनमा सहभागी हुँदैछ, यद्यपि नेपाल एससीओको स्थायी सदस्य भने होइन। प्रधानमन्त्री ओलीले ‘एससीओ प्लस’ बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

हालै लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने विषयमा भारत र चीनबीच सहमति भएसँगै ओलीको चीन भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।

नेपालले उक्त सहमतिप्रति औपचारिक असन्तोष प्रकट गरिसकेको सन्दर्भमा, सम्मेलनको छेउछाउमा हुने यी उच्चस्तरीय भेटघाटलाई नेपाली कूटनीतिले कसरी प्रयोग गर्छ भन्नेमा चासो बढेको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसहित अन्य नेताहरूसँग ‘साइडलाइन’ भेट गर्ने उल्लेख छ। उनले भ्रमणको अन्तिम दिन, भदौ १७ मा, चीनका उपराष्ट्रपति हान चङसँग बेइजिङमा भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्रीका रूपमा ओलीको यो दोस्रो चीन भ्रमण हो। यसअघि उनले गत वर्ष मंसिर १७ देखि २० गतेसम्म चीन भ्रमण गरेका थियो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka