Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानसँग फेरि वार्ता हुने ट्रम्पको संकेत

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०२, २०८३  | बिहान ७:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई दिनभित्र इरानसँग पुनः वार्ता हुन सक्ने संकेत गरेका छन्। न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनका अनुसार वार्ता फेरि इस्लामाबादमै अघि बढ्ने सम्भावना छ। “हामी वार्तातर्फ अगाडि बढिरहेका छौं, र दुई दिनभित्र इस्लामाबादमा फेरि छलफल हुन सक्छ,” उनले बताएका छन्।

बिज्ञापन

गत शुक्रबार इस्लामाबादमा अमेरिका र इरानबीच करिब २१ घण्टा लामो वार्ता भएको थियो। तर उक्त संवाद कुनै निष्कर्षमा पुग्न सकेन। इरानले अमेरिकाले अत्यधिक सर्तहरू अघि सारेका कारण वार्ता निष्फल भएको आरोप लगाएको छ।

यता अमेरिकाले भने इरानले आफ्नो परमाणु कार्यक्रम अगाडि नबढाउने सर्त अस्वीकार गरेकाले वार्ता सफल हुन नसकेको दाबी गरेको छ।

वार्ता असफल भएपछि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्स स्वदेश फर्किएका थिए। त्यसपछि अमेरिकाले होर्मुज क्षेत्रमा नाकाबन्दीसमेत लागू गरेको छ।

नाकाबन्दीका बाबजुद त्यहाँबाट चारवटा जहाज पार भएका समाचार बीबीसीले सार्वजनिक गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa