Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

होर्मुज जलमार्गमा नाकाबन्दी गर्दै अमेरिका, इन्धनको मूल्य झन् आकासियो

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ३०, २०८२  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।

अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको हो।

बिज्ञापन

इरानबाट हुने तेल निर्यात पूर्ण रूपमा रोकिन सक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्, जसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। सोमबार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर ७.६० डलर अर्थात् करिब ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.८० डलर पुगेको छ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ८.३१ डलर अर्थात् ८.६ प्रतिशतले वृद्धि भई १०४.८८ डलर कायम भएको छ। दुई साताको अल्पकालीन युद्धविराम पछि शान्ति सम्झौता हुने आशा गरिए पनि वार्ता निष्कर्षविहीन टुङ्गिएपछि बजारमा फेरि अस्थिरता छाएको ऊर्जा विज्ञहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए। यो नाकाबन्दीले इरानसँग सम्बन्धित दैनिक करिब २० लाख ब्यारेल तेलको प्रवाह रोक्ने अनुमान गरिएको छ। राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म तेल र ग्यासको मूल्य उच्च नै रहन सक्ने स्वीकार गरेका छन् ।

उनले छ हप्ताअघि इरानमाथि गरिएको आक्रमणको राजनीतिक प्रभाव पर्न सक्ने सङ्केत समेत गरेका थिए। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सोमबार बिहानैदेखि इरानी बन्दरगाहबाट हुने सबै सामुद्रिक आवागमनमा रोक लगाउने कार्य कार्यान्वयनमा आइसकेको छ।

यता इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकी कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। इरानले हर्मोज जलडमरूमा आउने कुनै पनि सैन्य जहाजलाई युद्धविरामको उल्लङ्घन मानिने र त्यसको कडा जवाफ दिइने बताएको छ।

यसैबिच, साउदी अरबले भने युद्धका क्रममा क्षतिग्रस्त भएको आफ्नो इस्ट-वेस्ट पाइपलाइन मर्मत गरी दैनिक ७० लाख ब्यारेल तेल पम्प गर्ने क्षमता पुनः प्राप्त गरेको जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka