Premier Cables
Premier Steel

अर्थ विराटनगर

राजश्व परामर्श समितिको छलफल: अर्थमन्त्री आएनन्, विराटनगर आइपुगे अर्थमन्त्रालयका सचिव

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र २४, २०८२  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणलाई लक्षित गर्दै राजश्व परामर्श समितिको छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

नेपाल सरकार, अर्थ मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले आउने बताइएको थियो । तर, आजै मन्त्रिपरिषद् बैठक डाकिएपछि उनको साटो सचिव स्तरीय कर्मचारी र महानिर्देशकहरु विराटनगर आएका छन् ।

बिज्ञापन

कार्यक्रम मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) को सह-आयोजनामा सम्पन्न हुनेछ। निजी क्षेत्र र सरकारबीच बजेट तथा राजश्व नीतिबारे सुझाव आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

उक्त छलफल कार्यक्रम २०८२ चैत्र २४ गते मंगलबार दिउँसो १:३० बजेबाट सुरु हुनेछ। कार्यक्रम विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको समृद्धि हलमा आयोजना हुने तय गरिएको छ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कार्यक्रममा सञ्चारकर्मी तथा सरोकारवाला निकायको सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्। कार्यक्रममा सहभागीहरूले आगामी बजेटका लागि आफ्ना सुझाव तथा धारणा प्रस्तुत गर्ने बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka