Premier Cables
Premier Steel

अपराध

युवासंघ नेता बम गुण्डागर्दी आरोपमा पक्राउ

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २१, २०८२  | अपराह्न १२:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । युवा संघका नेता वकिल बम गुण्डागर्दीसम्बन्धी आरोपमा पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दी गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा बमलाई पनि पक्राउ गरेको हो।

बम नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघका सचिवालय सदस्य हुन्। उनी संगठनको कार्यालय टिममा सक्रिय रूपमा काम गरिरहेका थिए। उनलाई शुक्रबार राति पक्राउ गरिएको हो।

बिज्ञापन

हाल बम अपराध अनुसन्धान कार्यालयको हिरासतमा छन्। यस अभियानअन्तर्गत कार्यालयले उनीसहित १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

कालिकोटको पलाता गाउँपालिका स्थायी घर भएका बम पछिल्लो समय काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय रहँदै आएका थिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka