Premier Cables
Premier Steel

राजनीति

ओली पक्राउको विरोधमा एमालेले प्रदर्शन गर्ने

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र १४, २०८२  | बिहान ८:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेले प्रदर्शन गर्ने घोषणा गरेको छ।

पार्टीका सचिव महेश बस्नेतले अध्यक्ष ओलीको पक्राउप्रति असहमति जनाउँदै विरोध कार्यक्रम आयोजना गरिने जानकारी दिएका हुन्।

बिज्ञापन

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत् कार्यकर्ता तथा समर्थकहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। उनले देशलाई प्रतिशोधपूर्ण राजनीतिबाट जोगाउँदै लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न आन्दोलनमा साथ दिन आग्रह गरेका छन्। साथै, कार्यक्रमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने पनि उल्लेख गरेका छन्।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

यस घटनाले देशमा द्वन्द्व बढ्ने सम्भावना रहेको बस्नेतको भनाइ छ। उनले यस्तो कदमले राजनीतिक प्रतिशोध र पूर्वाग्रह झल्काउने टिप्पणी समेत गरेका छन्।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa