Premier Cables
Premier Steel

राजनीति

ओली पक्राउप्रति महेश बस्नेतको कडा टिप्पणी,एमाले सचिवालय बैठक बोलाइयो

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र १४, २०८२  | बिहान ८:२८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउबारे कडा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

बस्नेतले लोकतन्त्रमा राजनीतिक बन्दी नहुनु महत्वपूर्ण सूचक मानिने उल्लेख गर्दै नेपाल विगतमा यस्तो उदाहरणका रूपमा चिनिएको बताए। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता पैदा गरेको उनको भनाइ छ।

बिज्ञापन

उनले बालेन शाह नेतृत्वको सरकारमाथि आलोचना गर्दै अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको आरोप लगाए। साथै, पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकको गिरफ्तारीले देशमा द्वन्द्वको अवस्था निम्त्याउन सक्ने चेतावनी दिए। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रह झल्काउने उनले टिप्पणी गरेका छन्।

बस्नेतले सरकारी सम्पत्ति र सुरक्षामा कमजोरी देखिएको आरोप लगाउँदै लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोप्रति दुःख व्यक्त गरे।

प्रतिशोधपूर्ण राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न उनले आफ्नो दलका कार्यकर्ता तथा समर्थकलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। साथै, आज बिहान ८:३० बजे बस्ने सचिवालय बैठकपछि कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गरिने उनले जानकारी दिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka