Premier Cables
Premier Steel

राजनीति

गृहमन्त्री गुरुङको कडा सन्देश: “कानुनभन्दा माथि कोही छैन”

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र १४, २०८२  | बिहान ७:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गृहमन्त्री सुधन गुरुङले देशमा कानुनको सर्वोच्चता स्थापित गर्न कुनै पनि व्यक्तिलाई छुट नदिइने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले “कानुनभन्दा माथि कोही छैन” भन्ने उल्लेख गरेका हुन्।

गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रियाको सुरुवात भएको दाबी गरेका छन्।

बिज्ञापन

“यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो,” उनले लेखेका छन्, “मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।”

उक्त पोस्टसँगै उनले ‘जय गोर्खाली’ लेखिएको पोस्टर पनि सार्वजनिक गरेका छन्, जसले थप चर्चा पैदा गरेको छ।

सरकारको यस कदमप्रति विभिन्न राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया आउन थालेको छ। केहीले यसलाई कानुनी शासनको सुदृढीकरणको रूपमा व्याख्या गरेका छन् भने केहीले राजनीतिक उद्देश्य प्रेरित कदम भएको आशंका व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa