Premier Cables
Premier Steel

कोशी प्रदेश

श्रम संस्कृतिबाट को-को भए समानुपाति सांसद ?

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०१, २०८२  | अपराह्न २:५० बजे
Hamro Biratnagar Headlines

सुनसरी । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ चार जना सांसदको नाम टुंगो लगाएको छ ।

धरानमा आइतबार बसेको केन्द्रीय समिति बैठकले चार जनाको नाम चयन गरेको पार्टीका प्रवक्ता सत्य घलेले जानकारी दिए । बैठकबाट निर्णय गरिएका नामहरू निर्वाचन आयोगमा पठाइने उनले बताए ।

पार्टीले आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू, मधेशी क्लस्टरबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्य क्लस्टरबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलित क्लस्टरबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) लाई समानुपातिक सांसदका लागि चयन गरेको हो ।

आदिवासी जनजाति क्लस्टरबाट छनोट भएका लिम्बू बृटिस गोर्खाका भूपू सैनिक क्याप्टेन हुन् । उनको नाम पार्टी अध्यक्ष हर्क साम्पाङले आइतबार बिहानै एक कार्यक्रममा सार्वजनिक गरेका थिए ।

धनुषाकी ठाकुर जेन–जी समूहकी प्रतिनिधि हुन् । पार्टीले नयाँ पुस्तालाई प्रतिनिधित्व गराउने उद्देश्यले मधेशी महिलातर्फबाट उनको नाम समावेश गरिएको अध्यक्ष साम्पाङले बताएका छन् ।

समानुपातिकतर्फ पार्टीभित्र महिला कार्यकर्ताहरूको आकांक्षा धेरै देखिएपछि सीमित सिटमा समायोजन गर्न चुनौती भएको बताइएको छ । यसअघि आदिवासी महिला क्लस्टरबाट मकवानपुरकी मन्दिरा मोक्तान, काठमाडौंकी आशा लामा र सुनसरीकी समला राईको नाम चर्चामा थियो ।

पुरुषतर्फ भने खसआर्य क्लस्टरमा दृष्टिसम्बन्धी अपाङ्गता भएका मोरङका जीवन विष्टसँग सहमति भएपछि अन्ततः क्याप्टेन लिम्बूको नाम सिफारिस गरिएको हो ।

निर्वाचन आयोगले तोकेको क्लस्टर मिलाउँदै समानुपातिक सूचीबाट उम्मेदवार चयन गर्दा सिट कम तर आकांक्षी धेरै भएका कारण नाम टुंग्याउन अध्यक्ष साम्पाङलाई कठिनाइ भएको पार्टी स्रोतले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
dps ad
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka