काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ बहुमत ल्याउने सम्भावना देखिएपछि सेयर बजारमा उत्साहजनक उछाल देखिएको छ।
सोमबार सेयर बजार ६ प्रतिशतले बढेपछि कारोबार समयअघि नै बन्द गरिएको छ। बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले वृद्धि भएपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि खुलेको बजार ५ प्रतिशतसम्म बढेपछि फेरि ४० मिनेटका लागि रोकिएको थियो।
बिज्ञापन
४० मिनेटपछि पुनः सुरु भएको कारोबारमा सूचक ६ प्रतिशतले उकालो लागेपछि बजार त्यस दिनका लागि पूर्ण रूपमा बन्द गरिएको हो। यस दिन नेप्से सूचक १६२.९३ अंकले बढेर २८७५.४३ बिन्दुमा पुगेको छ।