Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका पहाडी जिल्लामा श्रम संस्कृतिलाइ उत्साहजनक मत, ६ निर्वाचन क्षेत्रमा अग्रता

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | राती ९:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा उत्साहजनक नतिजा हासिल गरेको छ। प्रारम्भिक मतगणनाअनुसार खोटाङ, उदयपुर–२, भोजपुर, पाँचथर, धनकुटा र इलाम–२ गरी ६ वटा निर्वाचन क्षेत्रमा यस पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन्।

भोजपुरमा पूर्वमुख्यमन्त्री तथा एमालेका केन्द्रीय सचिव शेरधन राईलाई पछि पार्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राई अग्रस्थानमा पुगेका छन्। ध्रुवराजले ४६७ मत प्राप्त गर्दा शेरधनले ४६० मत पाएका छन्। कांग्रेसका बालकृष्ण थापा ३७० मतसहित तेस्रो स्थानमा छन्। यस्तै रास्वपाका रमेशप्रसाद ओझाले २७१ र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङले १८७ मत प्राप्त गरेका छन्।

बिज्ञापन

धनकुटामा एमालेका राजेन्द्र राईलाई पछि पार्दै श्रम संस्कृति पार्टीका सानबहादुर राईले अग्रता कायम गरेका छन्। सानबहादुरले ३ हजार २३७ मत प्राप्त गर्दा पूर्वमन्त्री राजेन्द्र राईले २ हजार ३९९ मत पाएका छन्। कांग्रेसका दिनेश राईले १ हजार ८२५ मत ल्याएका छन् भने रास्वपाका दिनेश भण्डारीले ३०६ मत पाएका छन्।

उदयपुर–२ मा श्रम संस्कृति पार्टीका बलराज राई ५२९ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका सुरेशकुमार राईले ३८० मत पाएका छन्। एमालेका अजम्बरबहादुर रायमाझीले ३७९, रास्वपाका सूर्यबहादुर तामाङले २७९ र कांग्रेसका रामकुमार राईले २४४ मत प्राप्त गरेका छन्।

पाँचथरमा श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले ६५६ मतसहित अग्रता लिएका छन्। कांग्रेसका नरेन्द्र केरुङले ४६२ र एमालेका अइन्द्रसुन्दर नेम्वाङले ३६४ मत पाएका छन्। नेकपाका हर्कबहादुर नेम्वाङले २०८ तथा रास्वपाका महेन्द्र थाम्सुहाङले ९० मत प्राप्त गरेका छन्।

इलाम–२ मा पनि श्रम संस्कृति पार्टीकै उम्मेदवार सुदीप राई १५०४ मतसहित अग्रस्थानमा छन्। एमालेका सुहाङ नेम्वाङ १३६० मतसहित उनलाई पछ्याइरहेका छन्। कांग्रेसका भेषराज आचार्यले ७३३ र रास्वपाका गोकुलबहादुर राईले ४२० मत प्राप्त गरेका छन्।

हर्क साम्पाङको गृह जिल्ला खोटाङमा पनि यस पार्टीका उम्मेदवार आरेन राईले अग्रता लिएका छन्। उनले ४०५ मत प्राप्त गरेका छन् भने कांग्रेसका वीरकाजी राईले ३२६ मत पाएका छन्। नेकपाका हरी रोकाले ११९, एमालेका देवविक्रम राईले १०६ र रास्वपाका रुद्र गिरीले १२२ मत प्राप्त गरेका छन्।

यद्यपि प्रारम्भिक मतगणनामा पार्टी अध्यक्ष हर्क साम्पाङ भने पछि परेका छन्। रास्वपाका गोमा तामाङ १ हजार १५ मतसहित अग्रस्थानमा छन्। साम्पाङले ३०३ मत पाएका छन् भने कांग्रेसका सुजेन्द्र तामाङले २३३, राप्रपाका उद्धव श्रेष्ठले १६२, नेकपाका सूर्य भट्टराईले ९२ र एमालेका टीका लिम्बुले ६१ मत प्राप्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa