Premier Cables
Premier Steel

कोशी प्रदेश

मुख्यमन्त्रीद्वारा होलीको शुभकामना, राष्ट्र निर्माणमा एक हुन जोड

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण १८, २०८२  | बिहान ८:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रशक्ति निर्माणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वर्तमान जटिल राजनीतिक परिस्थितिमा राष्ट्रिय शक्तिलाई एकीकृत गरी देशलाई सही दिशा दिन होलीले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

बिज्ञापन

रङहरूको पर्व होलीले आपसी सद्भाव, सहकार्य र जिम्मेवारीबोधका साथ अघि बढ्न ऊर्जा दिने उल्लेख गर्दै उहाँले भ्रम र निराशा फैलाएर अगाडि बढ्न खोज्ने प्रवृत्तिलाई परास्त गर्न पनि यस पर्वले प्रेरित गर्ने बताउनुभयो।

आफ्नो विवेक, बुद्धि र क्षमतालाई सही ढंगले प्रयोग गर्दै राष्ट्रिय शक्ति सुदृढीकरणको साझा लक्ष्य हासिल गर्न सबै नेपाली लाग्नुपर्ने उहाँको भनाइ छ।

सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि होली पर्वले सकारात्मक ऊर्जा, उत्साह र प्रेरणा जगाउने विश्वास व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्नुभयो।

नेपालीहरूको मौलिक परम्परा, संस्कृति र चाडपर्वले राष्ट्रिय एकता र समृद्धिमा योगदान पुर्‍याएको उहाँले बताउनुभयो।

कोशी प्रदेशमा आज पहाडी जिल्लामा र भोलि तराई क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa