Premier Cables
Premier Steel

राष्ट्रिय

एमालेको घोषणाः उच्च शिक्षा पढ्ने युवालाई २० लाख निर्ब्याजी ऋण

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण ०७, २०८२  | अपराह्न २:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले)ले प्राविधिक उच्च शिक्षा अध्ययन गर्न चाहने युवालाई २० लाखसम्म निब्र्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

बिहीबार जारी चुनावी घोषणापत्रमा सरकारी सेवा, निजी क्षेत्रको व्यवसाय र अध्यापन क्षेत्रमा न्युनतम पारिश्रमिकसहितको इन्टनसिपको व्यवस्था गरिने उल्लेख छ ।

बिज्ञापन

सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड तथा कक्षा १० सम्मका विद्यार्थीलाई खाजाको प्रबन्ध गरिने घोषणापत्रमा उल्लेख छ ।

एमालेले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुर्‍याउने घोषणा गरेको छ ।

“श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारिश्रमिक २५ हजार पुर्‍याउने छौँ,” घोषणापत्रमा भनिएको छ, “नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने छौँ ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa