Premier Cables
Premier Steel

अर्थ

चितवन र मोरङ व्यापार संघका पदाधिकारीबीच भेटघाट तथा छलफल

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | राती ८:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ उद्योग व्यापार संघचितवन उद्योग वाणिज्य संघका पदाधिकारीबीच विराटनगरमा औपचारिक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा रहेको टोलीले विराटनगर भ्रमणमा रहनुभएका चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी नेतृत्वको टोलीलाई संघको सचिवालयमा स्वागत गर्दै आपसी हित, सहकार्य र निजी क्षेत्रका साझा एजेन्डाका विषयमा विस्तृत छलफल गरेको हो।

बिज्ञापन

स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष राठीले दुवै संघ नेपाल उद्योग वाणिज्य महासंघ का संस्थापक संघहरू भएको उल्लेख गर्दै निजी क्षेत्रको इतिहासदेखि नै दुवै संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो। उहाँले साझा एजेन्डामा ऐक्यबद्धता कायम गर्दै द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने, निजी क्षेत्रबीच सहकार्य र आपसी सम्बन्ध सुदृढ गर्ने, व्यापार प्रवर्द्धन तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, महासंघका दुई संस्थापक संघहरूबीच यस प्रकारको भेटघाट र छलफलको अवसर प्राप्त हुनु सुखद रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालको समसामयिक आर्थिक अवस्था, राजनीतिक परिस्थिति, लगानी वातावरण तथा निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूबारे धारणा राख्नुभयो। उहाँले मुलुकको विद्यमान आर्थिक अवस्थालाई सुदृढ बनाउन निजी क्षेत्रबाटै ठोस पहल आवश्यक रहेको बताउँदै राष्ट्रियस्तरका एजेन्डा र नीतिगत सुधारका लागि महासंघको नेतृत्व अझ सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुवेदीले मोरङ उद्योग व्यापार संघले विगतदेखि निजी क्षेत्रका समस्याको समाधानमा खेलेको नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले दुवै संघबीचको सहकार्यलाई निरन्तरता दिँदै उद्योग, व्यापार तथा उद्यमशीलताको दिगो विकासका लागि संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संघका महासचिव संजय कुमार श्रेष्ठद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, उपाध्यक्षद्वय अनिल सारडा र विकास कुमार बेगवानी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, चितवन उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्षसहित निवर्तमान अध्यक्ष सुमन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र वली, कार्यसमिति सदस्य विष्णु लम्साल तथा महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा कमजोर पेट्रोलियम भण्डारणः १५ दिनलाई पुग्ने पेट्रोल मौज्दात, एलपी ग्याँसको परिमाण घट्दो

Clock Iconबुधबार, चैत्र २५, २०८२

बन्द हुने अवस्थामा सुनसरी-मोरङ औद्योगिक करिडोरका प्लाष्टिक उद्योग

Clock Iconबुधबार, चैत्र २५, २०८२

राजश्व परामर्श समितिको छलफल: अर्थमन्त्री आएनन्, विराटनगर आइपुगे अर्थमन्त्रालयका सचिव

Clock Iconमंगलबार, चैत्र २४, २०८२

सरकारी कर्मचारी र पदाधिकारीलाई दिँदै आएको इन्धन सुविधामा कटौती

Clock Iconमंगलबार, चैत्र २४, २०८२

विराटनगरमा पूर्व बजेट छलफल हुँदै, अर्थमन्त्री वाग्ले प्रमुख अतिथि

Clock Iconमंगलबार, चैत्र २४, २०८२

साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा ठूलो अंकको वृद्धि

Clock Iconसोमबार, चैत्र २३, २०८२
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka