Premier Cables
Premier Steel

खेलकुद

स्कटल्यान्डसँग सान्त्वना जितको खोजीमा नेपाल

Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | बिहान ११:१९ बजे

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

लगातार तीन खेलमा हार व्यहोरेको नेपाली टोली आज सान्त्वना जितसहित प्रतियोगिता समाप्त गर्ने लक्ष्यमा मैदान उत्रिँदैछ । साथै, पछिल्लो १२ वर्षदेखि टी-२० विश्वकपमा जित हासिल गर्न नसकेको क्रम तोड्ने उद्देश्य पनि नेपालको छ ।

नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध जित हात पारेपछि टी-२० विश्वकपमा कुनै खेल जित्न सकेको छैन । सन् २०२४ को संस्करणमा समूह चरणका तीन खेलमा पराजित भएको नेपालले एक खेल भने वर्षाका कारण खेल्न पाएको थिएन ।

यस संस्करणको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जितको नजिक पुगे पनि अन्ततः पराजित भएको नेपाल त्यसपछिका दुई खेलमा भने एकपक्षीय रूपमा हार व्यहोर्न पुगेको थियो ।

नेपाली टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले स्कटल्यान्डविरुद्ध जित निकाल्दै सकारात्मक सन्देशसहित विश्वकप यात्रा टुंग्याउने लक्ष्य रहेको बताएका छन् ।

प्रि-म्याच पत्रकार सम्मेलनमा उनले भने, “विश्वकपलाई राम्रो अनुभूति र केही सकारात्मक पक्षसहित समाप्त गर्न चाहन्छौं। अगाडि एकदिवसीय क्रिकेट सुरु हुँदैछ, त्यसका लागि पनि राम्रो लय आवश्यक छ।”

पोथसले टोलीबाट बारम्बार एउटै गल्ती दोहोरिने गरेको उल्लेख गर्दै त्यसमा सुधार आवश्यक रहेको बताए । उनले स्कटल्यान्डविरुद्धको खेलमा खेलाडीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गर्नुपर्ने र समान गल्ती पुनः नदोहोर्‍याउनुपर्नेमा जोड दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka