Premier Cables
Premier Steel

खेलकुद

उत्कृष्ट साझेदारीको रेकर्डसहित न्युजिल्याण्ड विजयी

Calendar मंगलबार, माघ २७, २०८२  | साँझ ७:३० बजे

काठमाडौं । ओपनरद्वय टिम सेफर्ट र फिन एलनले कीर्तिमानी साझेदारी गरेपछि न्युजिल्यान्डले आईसीसी टी-२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १० विकेटको सानदार जित निकालेको छ ।

टी-२० विश्वकपको इतिहासमा न्युजिल्यान्डले १० विकेटको जित निकालेको यो पहिलोपटक हो । यस्तै, कुनै पनि टिमले १० विकेटको जित निकालेको यो छैटौँपटक हो ।

यसअघि विश्वकपको इतिहासमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, पाकिस्तान र इंग्ल्यान्डले १० विकेटको जित निकालेका थिए ।सेफर्ट र एलनले पहिलो विकेटका निम्ति १७५ रनको साझेदारी गरे । टी–२० विश्वकपको इतिहासमै यो हालसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।

यसअघि इंग्ल्यान्डका जस बटलर र एलेक्स हेलले सन् २०२२ को विश्वकपमा भारतविरुद्ध १७० रनको ओपनिङ साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए ।

मंगलबार (माघ २७) भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १७४ रनको लक्ष्य न्युजिल्यान्डले विस्फोटक ब्याटिङ गर्दै १५.२ ओभरमा विकेट नगुमाएर पूरा गर्‍यो ।

न्युजिल्यान्डको जितमा सेफर्टले ९ रन बनाए । उनले ४२ बलमा १२ चौका र तीन छक्कासहित २११ को स्ट्राइक रेटमा ब्याटिङ गरे । अर्का ओपनर फिन एलनले ५० बलमा पाँच चौका र पाँच छक्कासहित ८४ रन थपे । एलनले १६ को स्ट्राइक रेटमा ब्याटिङ गरे ।

न्युजिल्यान्डविरुद्ध यूएईका कुनै पनि बलर सफल बन्न सकेनन् । यूएईले पाँच बलर प्रयोग गर्दा हैदर अलीको मात्रै रनरेट ११ भन्दा तलको रह्यो । त्यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको थियो ।

यूएईका कप्तान महोम्मद वसिमले सर्वाधिक ६६ रन बनाए । वसिमले ४५ बलमा चार चौका र तीन छक्का प्रहार गरे । अलिसन सराफुले पनि अर्धशतक प्रहार गरे । ४७ बल खेलेका सराफुले पाँच चौका र दुई छक्का प्रहार गरे । १२–१ को स्थितिबाट यी दुईले १०७ रनको साझोदारी यूएईको शीर्षक्रम सम्हालेका थिए ।

मयंक कुमारले २१ रन जोडे । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए ।

ज्याकोब डफी, लाकी फर्गुसन, मिचेल सेन्टनर र ग्लेन फिलिप्सले समान एक विकेट लिए । प्रतियोगितामा न्युजिल्यान्डको यो लगातार दोस्रो जित हो ।

न्युजिल्यान्डले यसअघि पहिलो खेलमा अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । योसँगै न्युजिल्यान्डले सुपर–८ को सम्भावनालाई बलियो बनाएको छ । यूएईको भने यो पहिलो खेल हो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka