Premier Cables
Premier Steel

कोशी प्रदेश

एमालेद्वारा आचारसंहिता उल्लंघन भएको भन्दै कांग्रेसको आपत्ति

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ २१, २०८२  | अपराह्न १२:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै नेपाली कांग्रेस धनकुटाले आपत्ति जनाएको छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा कांग्रेस धनकुटाले एमालेका उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधिहरूले मतदातालाई प्रभावित पार्ने उद्देश्यले विभिन्न गतिविधि गरिरहेको दाबी गरेको छ।

बिज्ञापन

कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईका अनुसार एमालेका तर्फबाट मतदातालाई नगद तथा अन्य भौतिक सामग्री वितरण गर्ने, साउण्ड सिस्टम र बाजागाजासहित प्रचार–प्रसार गर्ने, साथै सवारीसाधनमा पार्टीका झण्डा र निर्वाचन चिह्न राखी प्रचार गर्ने काम निरन्तर भइरहेको छ।

यस विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय धनकुटाको ध्यानाकर्षण गराउँदै सम्बन्धित उम्मेदवारमाथि छानबिन गरी आवश्यक कारबाही गर्न विज्ञप्तिमार्फत माग गरिएको छ।

कांग्रेस धनकुटाले स्वच्छ, निष्पक्ष र लोकतान्त्रिक निर्वाचन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै आचारसंहिता उल्लंघन गर्नेहरूलाई कारबाही नगरिए पार्टी तथा जनस्तरबाट कडा प्रतिवाद गरिने चेतावनीसमेत दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka