Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा दोहोरो अंकको गिरावट

Calendar मंगलबार, माघ २०, २०८२  | अपराह्न ३:४४ बजे

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.४६ प्रतिशत अर्थात १२.५८ अंकले घटेर २ हजार ६८३.१५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५३ प्रतिशतले घटेर ४५६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ८ अर्ब ६३ करोड १५ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ८ अर्ब २२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘सेयरबजार लगानीकर्ताको सेन्टिमेन्टसँग कनेक्ट हुने भएकाले लगानीकर्तामा कन्फिडेन्ट नआएसम्म सेयरबजार बढ्न सक्दैन ।

पछिल्लो केही दिनयता संसद पुनर्स्थापना हुने हल्लाले बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । एकापट्टी चुनावको माहोल र अर्कोतिर संसद पुनर्स्थापना हुने हल्लाले बजार अब के होला भन्ने खालको अन्योलता सिर्जना भएको छ ।

लगानीकर्ताहरुले वास्तवमै चुनाव खोजिरहेका छन् । नयाँ आउने सरकारले पूँजी बजारका लागि केही राम्रो गर्ला र स्थिर सरकारपछि लगानीको वातावरण राम्रो होला भन्ने लगानीकर्ताहरुमा आशा छ ।

राजनीतिक पक्ष राम्रो नहुँदासम्म सेयरबजारको मुभमेन्ट राम्रो बन्नै सक्दैन । केही दिनयता बजार घट्नुको कारण बजारमा ट्रेडरहरुले सेयर बेचेको पनि हुन सक्छ । एकदुई दिन बजार यस्तै रहेर बढ्न सक्ने आँकलन गर्न सकिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटामा हरियाली छायो भने १० वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक बढ्यो । यो समूह आज १.७९ प्रतिशतले बढ्यो ।

यस्तै उत्पादन तथा प्रशोधन समूह ०.३७ र म्युचुअल फण्ड समूह १ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात १.०९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६३ प्रतिशत, विकास बैंक ०.६१, हाईड्रो ०.९७, लगानी ०.५१, जीवन बीमा ०.३९, लघुवित्त ०.४२, निर्जीवन बीमा ०.३५, अन्य ०.५६ र व्यापार समूह ०.४६ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka