Premier Cables
Premier Steel

राष्ट्रिय

मतदाता परिचय पत्र नभए पनि गर्न पाइन्छ मतदान, के-के कागजात भए हुन्छ ?

Calendar मंगलबार, माघ २०, २०८२  | अपराह्न १२:१४ बजे

काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एक भएमा मतदान गर्न सकिने स्पष्ट गरेको छ।

आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त प्रश्नको जवाफ दिँदै मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने जनाएको हो।

मतदाता परिचयपत्र नभए मतदान गर्न पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासामा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने बताएको छ।

आयोगका अनुसार मतदान गर्न मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने अनिवार्य छ। नामावलीमा नाम दर्ता भएका मतदाताले सामान्यतया मतदानका क्रममा मतदाता परिचयपत्र साथमा लैजानुपर्छ।

तर मतदाता परिचयपत्र नभएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक सक्कल कागजात प्रस्तुत गरेमा मतदान गर्न सकिने आयोगले जनाएको छ।

आगामी २१ फागुनमा निर्वाचन हुँदैछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka