Premier Cables
Premier Steel

राष्ट्रिय

देशका चर्चित पत्रकार पनि चुनावी दौडमा, को-कहाँबाट उठे ?

Calendar सोमबार, माघ १९, २०८२  | बिहान १०:५५ बजे

विराटनगर । पत्रकारिता क्षेत्रबाट देशभरका पत्रकारमध्ये कतिपय यस पटकको प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बनेका छन् ।

प्रश्न गर्ने ठाउँ छाडेर उनीहरु जवाफ दिने ठाउँसम्मको यात्रामा तल्लीन छन् कतिपयले चुनावी अभियानलाई समेत तीव्रता दिएका छन् ।

बिज्ञापन

यस पटक पत्रकार कविर राणा नेपाली कांग्रेसबाट भक्तपुर २ मा उमेदवार छन् । चर्चित पत्रकार ऋषि धमला रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा उमेदवार छन् । जनादेश पार्टी नेपालबाट उनी चुनावी मैदानमा उत्रिएका छन् ।

केही अघिसम्म सुशील कार्की नेतृत्वको सरकारमा संचार मन्त्री रहेका जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर २ मा उठेका छन् । जम्देश जैसी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट भक्तपुर २ मा उमेदवार छन् ।

राजीव खत्री रास्वपाबाट नै भक्तपुर २ मा चुनावी प्रतिस्पर्धामा छन् । दिवाकर साह धनुषा ३ बाट उठेका छन् ।

यसैगरी रोशन दानी काठमाडौं ९ मा जनमोर्चाबाट उमेदवार बनेका छन् । यी पत्रकारबाहेक देशभर पत्रकारहरु उमेदवार बनोक छन् । जसमा बाराकी प्रियंका दास, सिन्धुपाल्चोकका प्रमोद न्यौपाने, जुम्लाका मनऋषि धिताल, हुक्लाका दिपेन्द्र रोकाया पनि छन् ।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka