विराटनगर । झापा,मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १६ गते झापाको लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ केर्खाका राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित,इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक-६ का अनिश राई र सुनसरी धरान-१७ की लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित र बिर्तामोड-४ का फणिन्द्र विश्वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट लेटाङ-५ का मनोज परियारलाई ५ ग्राम ९० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डागाँबजार बेलबारीले बेलबारी-७ का मनिष मग्रातीलाई प्रतिबन्धित औषधी ६३० ट्याब्लेट सहित पक्रउ गरेको छ ।
त्यसैगरी सुनसरीको धरान-१९ स्थितबाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका सुजन लिम्बुको साथबाट १ ग्राम ४० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
