Premier Cables
Premier Steel

राष्ट्रिय

भदौ २३ मा गोली चलाउने आदेश मैले दिएको हैन: ओली

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ १४, २०८२  | साँझ ७:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ गते आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले आफू र नेकपा एमालेविरुद्ध फैलाइएका भ्रमपूर्ण प्रचारप्रति सचेत रहन आग्रह गरेका छन्।

बिज्ञापन

ओलीले केही दिनयता भदौ २३ गतेको घटनालाई लिएर प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने गलत प्रचार भइरहेको भन्दै त्यसलाई पूर्ण रूपमा निराधार बताएका छन्।

उनले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले यस्तो आदेश कहिल्यै नदिएको र सोच्नसमेत नसक्ने स्पष्ट पारे।

संसद् भवनअगाडि आगजनीको प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि त्यो अवस्था कानुनअनुसार आन्दोलन नभई राज्यविरुद्धको आक्रमण मानिने ओलीको भनाइ छ। संसद् भवनभित्र सुरक्षा निकायमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलाइएको र त्यसपछिका दुई घण्टाका घटनाले देशलाई गहिरो पीडा दिएको उनले उल्लेख गरेका छन्।

ओलीले आफू कुनै पनि मञ्चमा बसेर खुला रूपमा जवाफ दिन तयार रहेको भन्दै सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नपर्न आग्रह गरेका छन्।

घटनामा ज्यान गुमाएका १९ जना युवाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील स्थानतर्फ कसले, किन र कसरी पुर्‍यायो भन्ने प्रश्नको उत्तर पनि खोजिनुपर्ने बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka