Premier Cables
Premier Steel

विराटनगर

‘स्व-आश्रिता : समृद्धि र प्रगतितर्फ’ सिलाइ तालिम केन्द्रको उद्घाटन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ १२, २०८२  | बिहान ८:३५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरस्थित सेरेब्रल पाल्सी (CP) डे केयर सेन्टरमा अभिभावकहरू आफ्ना विशेष आवश्यकता भएका बालबालिकासँगै रहँदै जीविकोपार्जन गर्न सकून् भन्ने उद्देश्यले ‘स्व–आश्रिता : समृद्धि र प्रगतितर्फ’ नामक सिलाइ तालिम तथा आत्मरोजगार केन्द्र स्थापना गरिएको छ।

यस केन्द्रमा १० थान सिलाइ मेसिन जडान गरिएको छ, जसबाट अभिभावकहरूले आफ्ना बालबालिकाको हेरचाहसँगै सिलाइ–कटाइको माध्यमबाट आम्दानी गर्न सक्ने व्यवस्था मिलाइएको हो।

सिलाइ मेसिन खरिदका लागि आवश्यक रु. २,००,००० (दुई लाख) सहयोग लक्ष्मी सनराइज बैंकले प्रदान गरेको छ।

केन्द्रको उद्घाटन रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर बिनोद कोइराला तथा प्रथम महिला विभा कोइरालाले संयुक्त रूपमा गर्नुभयो।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का सर्भिस कमिटी अध्यक्ष रोटेरियन निर्मल रिजालको पनि उपस्थिति रहेको थियो।

क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले यस पहलले सेरेब्रल पाल्सी भएका बालबालिकाका अभिभावकहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै गरिबी न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो। “अब अभिभावकहरूले आफ्ना बालबालिकालाई नछोडी, एउटै स्थानमा बसेर काम गर्न सक्ने वातावरण बनेको छ,” उहाँले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो।

कार्यक्रमका अवसरमा सेरेब्रल पाल्सी डे केयर सेन्टरलाई विभिन्न रूपमा सहयोग पुर्‍याउने दाताहरूलाई सम्मान पनि गरिएको थियो। विराटनगर टिचिङ हस्पिटलका डेनिस कार्की, विराटनगर–८ की प्रियंका राठी, लण्डनस्थित इजा खनालका तर्फबाट अभिभावक , तथा रोटरी क्लब अफ विराटनगर फ्युजनलाई उनीहरूको योगदानका लागि धन्यवाद ज्ञापन गरिएको थियो।

क्लबको पास्ट प्रेसिडेन्ट र कमिटी चेयरहरूको उपस्थितिमा यस पहलले सेरेब्रल पाल्सी भएका बालबालिका र तिनका परिवारको जीवनस्तर उकास्न दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka