Premier Cables
Premier Steel

समाचार

हाजिरी जमानीबाट छुटे दुर्गा प्रसाईं

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | साँझ ४:५२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्।

मंगलबार (माघ ६) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रसाईंलाई हाजिर जमानीमा राखी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएपछि उनलाई रिहा गरिएको हो। हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको निष्कर्षसहित सरकारी वकिल कार्यालयले हाजिर जमानीमा छाड्न निर्देशन दिएको जनाएको छ।

गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको चलखेल भएको भन्दै अफवाह फैलाएको आरोपमा प्रसाईं सोमबार (माघ ५) पक्राउ परेका थिए। सो घटनासँग सम्बन्धित विषयमा अनुसन्धानका लागि निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले आवश्यक परेमा पुनः बोलाउने गरी हाललाई प्रसाईंलाई हाजिर जमानीमा छाडेको जनाएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंलाई सोमबार पोखराबाट पक्राउ गरिएको थियो। उनी यसअघि पनि साइबर अपराधका मुद्दामा पक्राउ परेर रिहा हुँदै आएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka