Premier Cables
Premier Steel

राष्ट्रिय

दुर्गा प्रसाईंको चेतावनी: उचित मुआब्जा बिना डोजर नचलाउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | बिहान १०:२२ बजे
Hamro Biratnagar Headlines

दुर्गा प्रसाईंको चेतावनी:उचित मुआब्जा बिना डोजर नचलाइयोस

मकवानपुर । नेता दुर्गा प्रसाईंले हेटौंडा बजार क्षेत्रभित्र जारी सडक विस्तारका क्रममा स्थानीय नागरिकले उचित मुआब्जा नदिई घर–जग्गा माथि डोजर चलाउने सरकारी प्रवृत्तिको तीव्र विरोध गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन् -उनीहरूले राज्यलाई ‘भक्षक होइन, रक्षक’ बन्न आग्रह गर्दै यस्ता एकपक्षीय कार्य तत्काल रोक्न चेतावनी दिएका छन्।

छिमेकी भारतमा कुनै स्थानमा सडक वा रेलमार्ग विस्तार गर्दा प्रभावित नागरिकलाई सरकारी मूल्यभन्दा तीन गुणा बढी मुआब्जा पहिल्यै उपलब्ध गराएर काम अगाडि बढाइने उल्लेख गर्दै उनले नेपालमा भने यसको ठिक उल्टो अवस्था देखिएको आरोप लगाएका छन्।

हेटौंडा क्षेत्रमा सडक विस्तारको नाममा क्षतिपूर्ति नदिई निजी घरमा डोजर चलाउने, दीर्घकालीन पुनर्वास योजना नबनाई सुकुम्बासीका टहरा भत्काउने जस्ता कार्य गैरजिम्मेवारीपूर्ण रहेको उनको तर्क छ ।

“मानिसलाई भूमिहीन बनाउने, सुकुम्बासी बनाउने काम बन्द गरियोस्। राज्यको काम जनतालाई सुरक्षित राख्नु हो, विस्थापित बनाउनु होइन,” उनले लेखेका छन्।

सरकारसँग वार्ता निरन्तर जारी रहेको र वार्तामार्फत समाधान खोजिने विश्वास व्यक्त समेत गरेका छन् । सडक विस्तारका लागि वैकल्पिक मार्गको पनि उपयोग गर्न सकिने प्रसाईंको सुझाव छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka