Premier Cables
Premier Steel

विराटनगर

मोरङ ६ मा ‘हेभीवेट’ शेखर र विनोदसँग भिड्दै रास्वपाकी रुविना आचार्य

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | साँझ ४:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा नेतृ रुविना आचार्यलाई उम्मेदवारका रूपमा अघि सारेको छ।

आचार्यले मंगलबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि आफ्नो मनोनयन दर्ता गराएकी हुन्।

बिज्ञापन

मनोनयन दर्ताका क्रममा आचार्य रास्वपाका नेता तथा कार्यकर्ताहरूको र्‍यालीसहित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन्।

यसअघि नै मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला, नेकपा एमालेका विनोद ढकाल र नेकपाका ओपेन्द्र रायले उम्मेदवारी दर्ता गराइसकेका छन्। ‘हेभीवेट’ नेताहरूबीच प्रतिस्पर्धा हुने यस क्षेत्रमा रास्वपाबाट आचार्यको प्रवेशसँगै चुनावी माहोल थप रोचक बनेको छ।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले मोरङ ६ का जनताले यसपटक परिवर्तन चाहेको बताउँदै आफू युवा शक्ति र वैकल्पिक राजनीतिको प्रतिनिधित्व गर्ने दाबी गरिन्। उनले पुराना दल र नेताहरूको विकल्पका रूपमा जनताले रास्वपालाई रोज्ने विश्वास व्यक्त गरिन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka