Premier Cables
Premier Steel

कोशी प्रदेश

उपमेयरसँग राजीनामा दिन आउँछु भनेका हर्क साम्पाङ कार्यालय नै गएनन् !

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | साँझ ४:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान। धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न आइतबार (माघ ४ गते) राजीनामा दिने तयारी गरे पनि निर्धारित समयमा कार्यालय नआएपछि राजीनामा प्रक्रिया अघि बढ्न सकेन।

मेयर साम्पाङले मध्यान्ह साढे १२ बजेतिर कार्यालय आउने जानकारी उपमेयर अइन्द्रविक्रम बेघालाई टेलिफोनमार्फत गराएका थिए। सोही जानकारीपछि उपमेयर बेघा कार्यालयमै दिनभर पर्खिए पनि मेयर साम्पाङ उपस्थित भएनन्।

बिज्ञापन

उपमेयर बेघाका अनुसार साम्पाङले सुरुमा “अब उम्मेदवार बन्छु, म कार्यालय आउँछु” भन्दै फोन गरेका थिए। पछि अढाई बजेतिर पुनः आउँछु भन्दै जानकारी गराए पनि त्यसपछि सम्पर्क नभएको उनले बताए। कार्यालय समय सकिएपछि आफू फर्किएको बेघाले जानकारी दिए।

श्रम संस्कृति पार्टी स्थापना गरेर प्रतिनिधिसभा निर्वाचनमा भाग लिने घोषणा गरिसकेका साम्पाङले यसअघि नै मेयर पदबाट राजीनामा दिने बताएका थिए। हाल उनी चुनावी अभियानमा सक्रिय छन्।

मेयर साम्पाङ राजीनामा दिन आउने जानकारीपछि धरान उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरू समेत दिनभर पर्खिएका थिए। तर, उनी नआएपछि राजीनामा प्रक्रिया रोकिएको हो।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भने आइतबार नै मेयर पदबाट राजीनामा दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka