Premier Cables
Premier Steel

बैंक तथा वित्त

निर्वाचनलाई शेयर बजारको स्वागत, नेप्से दोहोरो अंकले बढ्यो

Calendar आइतबार, माघ ०४, २०८२  | अपराह्न ३:५४ बजे

काठमाडौ । देशमा निर्वाचनको माहोल तात्दै जाँदा सेयरबजारमा पनि रौनकता छाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छँदा देशभित्र राजनीतिक सरगर्मी तातेको छ । निर्वाचन आयोगले नेपाली कांग्रेसका विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारिलाई नै आधिकारिकता दिएपछि देशभर नै उत्साहको माहोल सिर्जना भएको छ ।

बिज्ञापन

त्यस अलवा सबै राजनीतिक दल निर्वाचनमा होमिदाँ राजनीतिक स्थायित्वको अपेक्षामा सेयरबजारका लगानीकर्ता हौसिएका छन् । यसले बजार बढाएको छ ।

आइतबार सेयरबजार परिसूचक नेप्से ३१.१२ अंकले बढेर २ हजार ६७२.५५ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा ३३८ कम्पनीका सेयर कारोबार भएका छन् । ती मध्ये २२४ कम्पनीका सेयरमूल्य बढेका छन् भने ३१ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ८ अर्ब ४० करोड २७ लाख ९८ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम गत कात्तिक १६ गते यताकै उच्च हो ।

आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक बढेका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचक ५.७३ प्रतिशतले बढेको छ ।

सागर डिष्टिलरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था तथा श्रीनगर एग्रिटेक इन्ड्रष्टीजका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने थ्रीस्टार हाइड्रोपावर, कृषि विकास बैंकको डिवेञ्चरमा लगानीकर्ता तथा राष्ट्रिय वाणिज्य बैंकका म्युचुअल फण्डमा लगानीकर्ता रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka