Premier Cables

समाचार

रविसँगै सहकारी ठगी प्रकरणमा सबै आरोपितका मुद्दामा छुट

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | साँझ ६:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालिसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा सबै आरोपितविरुद्ध दायर गरिएका दुई वटा अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन्।

यसअघि गत बुधबार रवि लामिछानेको हकमा मात्रै निर्णय भएको थियो।

विज्ञापन

अब त्यसको दायरा विस्तार गर्दै जीबी राई, छविराज जोशीलगायत अन्य आरोपितविरुद्ध दायर गरिएका दुई अभियोग समेत फिर्ता लिने निर्णय भएको महान्यायाधिवक्ता कार्यालयसम्बद्ध स्रोतले जनाएको छ।

रवि लामिछानेबाहेकका अन्य व्यक्तिहरूको हकमा भने शुक्रबार निर्णय गरिएको हो।

अभियोग संशोधनपछि अब उनीहरूले सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै सामना गर्नुपर्नेछ। साथै, पीडितहरूको रकम फिर्ता गर्ने अवस्थामा मिलापत्रमार्फत मुद्दा टुंग्याउने बाटो पनि खुला गरिएको स्रोतले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka