Premier Cables

विराटनगर

मार्बल ट्रक दुर्घटना: सुन्दरको ज्यान पुरानो ज्याकेटले बचायो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | साँझ ६:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । माघे संक्रान्तिको सबैतिर रौनक शुरु हुँदैथियो । त्यहीबची बिहीबार बिहानै विराटनगरबाट मार्बल बोकेर एउटा ट्रक राजविराज तर्फ हुइँकियो ।

हुलाकी मार्ग हुँदै सुनसरीतर्फ बढ्दै गर्दा ट्रक अनियन्त्रित भई पल्टियो । यो घटनामा सुनसरीको बर्जु गाउँपालिकाको एउटै टोलका पाँच जनाको ज्यान गयो । सिंगो गाउँ नै शोकमा डुब्यो ।

विज्ञापन

विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको मालवाहक ट्रक बिहान करिब ५ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो । चालकसहित तीन जना घाइते भए ।

विराटनगरमा मार्बल लोड भयो । “जसरी पनि पुर्‍याउनु पर्छ” भन्ने बाध्यताले बर्जु गाउँपालिका–१ का एउटै गाउँका ८ दाजुभाइ ट्रक चढे।

मालवाहक सवारीको अगाडि चालकसहित बढीमा तीन जना मात्र बस्न मिल्ने ठाउँ थियो तर पाँच जना मजदुर मार्बलसँगै ट्रकको डालामा बसे । ट्रक सोनीयाही पुगेपछि अचानक अनियन्त्रित भई पल्टियो। अगाडि बसेका तीन जनाले सिसा फुटाएर जसोतसो निस्किए । तर, पछाडि बसेकाहरुलाई भने मार्बलले किच्यो । उनीहरु च्यापिएर छटपटाउँदै घटनास्थलमै बिते ।

घटनामा परी बर्जु गाउँपालिका १ का ३२ वर्षीय धिरेन्द्र गुरुङ,५५ वर्षीय बर्मदेश गुरुङ,५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र२८ वर्षीय निशु गुरुङको प्राण पखेरु उड्यो । सुन्दर गुरुङ, रामरुप गुरुङ र बैजनाथ गुरुङ घाइते भए । उनीहरुको विराटनगरस्थित विराट नर्सिङ होम, विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनाबाट बाँचेका सुन्दर गुरुङ सधैं पछाडि बसेर यात्रा गर्थे । तर घटना हुनुभन्दा अघिल्लो दिन पर्वको कारण “कतै नजाने होला” भन्ने सोचका थिए । उनकी श्रीमतीले ज्याकेट धुन भ्याइनन्। बिहान पुरानो ज्याकेट लगाएका सुन्दरले “आज अगाडि बस्छु, पछाडि त जाडो थेगिँदैन” भन्दै अघिल्लो सिट रोजे ।

“श्रीमतीले ज्याकेट धोएको र त्यो ज्याकेट दिएको भए म जिउँदो नहुने रहेछु,” उनले भने,‘‘मलाई मेरो पुरानो ज्याकेटले ज्यान बचायो ।’’ दौडिरहेको गाडी एकाएक पल्टिएको र आफूहरुले सिसा फुटाएर बाहिर निस्किएर ज्यान जोगाएको सुनाए । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनापछि दिनभर तनावग्रस्त बनेको बर्जु अहिले पनि शोकमा डुबेको छ। घटनापछि रोयल मार्बल कम्पनीको तर्फबाट पीडित परिवार भेट्न कोही नआएको भन्दै स्थानीय र आफन्तले बिहीबार विराटनगरमा प्रदर्शन समेत गरे। स्थानीयले जिल्ला प्रहरी कार्यालय सुनसरीमा समेत ढुंगामुढा गरे ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka